१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १५ बिहीबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोदोको उपयोगितासम्बन्धी अन्तरक्रिया हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १५ बिहीबार ११:३१:००

नेपालमा कोदोजन्य बालीको महत्व र प्रवर्द्धन विषय अन्तरक्रिया र स्वास्थ्य चेतना बढाउने उद्देश्यले कोदोसम्बन्धी अन्तरक्रिया हुने भएको छ । भारतका वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक पद्म श्री डा. खदर वलीको उपस्थितिमा अन्तरक्रिया हुने भएको हो । 

अन्तरक्रियाका लागि ‘द मिलेट म्यान अफ इन्डिया’को रूपमा समेत चिनिने डा. खदर वली पहिलोपटक नेपाल आएको कार्यक्रमका आयोजकको भनाइ छ । डा. वलीको यो भ्रमणले नेपालमा कोदोखेतीका फाइदा, स्वास्थ्यप्रति यसको महत्व र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने आयोजकको भनाइ छ । उनको अनुभव र ज्ञानले नेपाली कृषक समुदाय र स्वास्थ्य चेतना बढाउन चाहने सबैलाई अमूल्य ज्ञान प्रदान गर्ने आयोजकको भनाइ छ ।

कोदोजन्य बाली रक्त अल्पतालगायत कुपोषण घटाउन उपयोगी मानिन्छ । जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने कोदोलाई राष्ट्रिय महत्वको बालीका रूपमा स्थापित गराउन कोदो बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्ने क्रममा संवाद कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स, रैथाने एग्रो प्रोडक्टस नेपाल, नेपाल आयुर्वेद चिकित्कस संघ, द मूल मन्त्र दिल्लीको सहकार्यमा र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा हुने अन्तरक्रियामा कोदोको उत्पादन, खाद्य परिकार, पौष्टिकता तथा अतुलनीय औषधीय गुणका बारेमा छलफल हुने भएको हो ।