१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १५ बिहीबार ०७:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सोडेन्टको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १५ बिहीबार ०७:२७:००

पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ का लागि विभिन्न समुदायमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवद्र्धन गर्नका लागि मार्च महिनाभरि विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले स्वस्थ जीवनका लागि आवश्यक विभिन्न उत्पादन प्रदान गर्दै शैक्षिक अभियानमार्फत व्यक्तिगत रूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुविरुद्ध लड्ने चेतना बढाउने काम गरेको हो । 

ब्रान्डले ‘एक–एक पाइला’सँगको सहकार्यमा नेपालका दुर्गम भेगमा एक हजार ६ सयजनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरेको उल्लेख छ । त्यस्तै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा इन्द्रेश्वर माध्यमिक विद्यालयमा तीन सय ४३ जनालाई निःशुल्क डेन्टल स्क्रिनिङ गरेको कम्पनीको भनाइ छ । 

विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा कम्पनीले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ भन्ने नाराका साथ दन्त स्वस्थ्य जागरुकता कार्यक्रम आयोजना गरको जनाएको छ ।

जसमा काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानमा तीन हजार पाँच सयजना सहभागीलाई दन्त तथा मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरेको कम्पनीको भनाइ छ । यस कार्यक्रममा करिब ८० स्वयंसेवक र २० दन्त कार्यकारी अधिकृत रहेको एक सयजनाको टोली परिचालन भएको कम्पनीको दाबी छ ।