१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
बेपत्ताको खोजी गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : इन्द्रा केसी
२०८० चैत १३ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा हाम फालेर बेपत्ता भएका शाही अझै भेटिएनन् 

खोजीका लागि गोताखोरकाे टोली परिचालन

Read Time : < 1 मिनेट
२०८० चैत १३ मंगलबार १७:४३:००

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेपछि नदीमा बगेर बेपत्ता भएका युवा भेटिएका छैनन्। सोमबार दिउँसो पुलबाट हाम फालेका लम्की–चुहा नगरपालिका–३, बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन्। उनको खोजीका लागि गोताखोरको टोली परिचालन भएको छ।

मंगलबार बेलुकीसम्म शाही नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ। मंगलबार दिउँसोबाट सशस्त्र प्रहरीको गोताखोर टोली पनि खोजीमा खटिएको छ। शाहीको खोजी कार्य भइरहे पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही नदीमा बगेर बेपत्ता भएका थिए। पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार शरीरको माथिल्लो भागको लुगा फुकालेर पुलमा गइरहेका उनीहरूलाई प्रहरीले पुलवारि रोक्न खोजेको थियो। तर, पुलमा सामूहिक फोटो खिच्ने भन्दै उनीहरू जबर्जस्ती गएका थिए।

‘धेरैपछि साथीभाइसँग भेट भएकोले पुलमा फोटो खिचेर फर्किने भनेर गएका रहेछन्,’ डाँगीले भने, ‘नदीमा बेपत्ता भएको खबर पाएलगत्तै उद्धारमा टोली खटिएको थियो, तर भेटाउन सकेन।’ उनीहरूले पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए। हाम फालेका १६ जना भने पौडिएर किनार पुगेका थिए। 

बेपत्ता शाहीको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।