१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:२o:oo

गुल्मीको गुल्मीदरबार गाउँपालिका- २ घोरा उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारू खोलामा डुबेर बेपत्ता भएका छन् । शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए ।

बेपत्ता भएलगत्तै मजुवा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमान्डमा प्रहरी टोली र स्थानीयहरूले खोजतलास गरे पनि फेला नपरेकाले आज पुनः खोलतलासका लागि सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गएको चौधरीले बताएकाे छ ।
 

ad
ad