१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ८ शनिबार
  • Saturday, 24 May, 2025
२o८१ बैशाख ८ शनिबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तामाकोशीमा पौडी खेल्न गएका एक पुरुषको मृत्यु, अर्का एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ८ शनिबार १७:१३:oo

तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका– ८ खारेका दुई पुरुषमध्ये एकजनाको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका गौरीशंकर– ८ खारेका ३८ वर्षीय जयबहादुर तामाङको शव फेला परेको हो। घटनास्थलबाट करिब १ किलोमिटर टाढा बिगु– ३ जामुनेस्थित तामाकोशी किनारमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।

इप्रका सिंगटीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक बिक्रम लामाले शुक्रबार बेलुकी बेपत्ता भएका दुईमध्ये एकजनाको शव भेटिएको जानकारी दिए। स्थानीय र प्रहरीले शनिबार बिहानैदेखि खोजी कार्य जारी राखेकोमा जयबहादुरको मात्रै शव फेला परेको हो। लामाको शव सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका गौरीशंकर– ८ खारेका अन्दाजी २९ वर्षीय सिमबहादुर तामाङ भने अझै फेला पर्न सकेका छैनन्। उनको खोजी कार्य जारी रहेको छ।

शुक्रबार दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनी हिँडेका उनीहरू डुबेर बेपत्ता भएका थिए। शुक्रबार बिहान घटनास्थलबाट सिमबहादुरले बोकेको खुकुरी र ज्याकेट तथा जयबहादुरको ट्र्याक र मोबाइल फेला परेको थियो। सोही आधारमा प्रहरी र स्थानीय खोजी कार्यमा जुटेका छन्।