१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:४o:oo

समय अभावका कारण कतिपयले चाहे जसरी मेकअप गर्न वा पार्लर धाउन पाइरहेका हुँदैनन् । त्यसैले व्यस्त मानिसले त्यहीअनुसार रुटिन बनाउनुपर्छ । मेकअपको केही प्रडक्ट किनेर राख्नु राम्रो हुन्छ । यी प्रडक्टले छोटो समयमै तपाईंलाई सिम्पल, स्मार्ट र आकर्षक लुक्स दिन्छन् । 

फेसवास : सबैभन्दा पहिले तपाईंको अनुहार फेसवास प्रयोग गरेर मज्जाले सफा गर्नुुस् । एलोभेरा, काँक्रो, गुलाब, निमलगायत तŒवले बनेका फेसवासले तपाईंको छालालाई गहिरोसँग सफा गरेर नरम बनाउँछन् । हरेक स्किन टाइपका लागि यो काम आउन सक्छ । 

मोस्चराइजर : फेसवासपछि फेरि तपाईंको अनुहारलाई नरम बनाउन जरुरी हुन्छ । यसका लागि तपाईंले आफूलाई मन परेको मोस्चराइजर प्रयोग गर्न सक्नुहुन्छ । एलोभेरा जेल वा निभियाका लाइट मोस्चराइजर क्रिम पनि राम्रो विकल्प हुन सक्छ । यी प्रडक्टले तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिकाउने 
काम गर्छन् । 

कम्प्याक्ट पाउडर : आफ्नो स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्न सक्नुहुन्छ । अनुहारमा धेरै दाग–धब्बा छ भने कन्सिलरले पनि ढाक्न सकिन्छ । सीधै कम्प्याक्ट पाउडर लगाउँदा पनि हुन्छ । 

आइलाइनर : आइलाइनरको एक स्वाइपले तपाईंको लुक्सलाई राम्रो बनाउने सामथ्र्य राख्छ । आँखामा गाजल पनि लगाउन सक्नुहुन्छ । 

लिपग्लास : लिपस्टिकको साटो लिपग्लास लगाउनु राम्रो हुन्छ । यसले ओठलाई चम्किलो र बोल्ड देखाउँछ । लिपग्लास हल्का र ननस्टिकी हुन्छ । यसले ओठलाई नरम बनाउँछ । 

ad
ad