१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

वामपन्थी आन्दोलन बचाउन नयाँ समीकरण : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी सरकारले दिनुपर्ने डेलिभरीका लागि नयाँ समीकरण बनेको बताएका छन् । पार्टीको बागमती प्रदेश बैठकलाई सोमबार सम्बोधन गर्दै उनले दुवैतर्फबाट ‘हिस्टोरिकल्ली रियलाइजेसन’ नयाँ समीकरणको आधार भएको बताए ।

प्रचण्डले नयाँ समीकरण बनाउनुपर्नाको आधार र गठबन्धनको भविष्यबारे बैठकलाई बताएको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । ‘वामपन्थी सरकारले दिनुपर्ने डेलिभरी, दुवैतर्फबाट ‘हिस्टोरिकल्ली रियलाइजेसन’ र वामपन्थी आन्दोलन बचाउने सन्दर्भमा नयाँ ठाउँमा आइपुगेका छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने ।

सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको यात्रामा सरकार स्पष्ट भएर अगाडि बढेको उनले बताए । विरोधीले अनावश्यक हल्ला फैलाउने गरेको चर्चा गर्दै प्रचण्डले नेता तथा कार्यकर्ता सचेत भएर जनतामाझ सही सूचना पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनले दीर्घकालीन लक्ष्य वामपन्थी एकता भए पनि हतार भने नगर्ने बताए ।

‘हामीसँग विगतको अनुभव पनि छ । त्यसकारण एकताका लागि हामी हतार गरिहाल्ने पक्षमा छैनौँ । कम्युनिस्टहरू एकले अर्कालाई सिध्याउन खोज्दा वामपन्थी आन्दोलन नै कमजोर बन्यो । अहिले हामी कार्यगत एकताको अवस्थामा छौँ,’ उनले भने । प्रचण्डले प्रदेश सरकारका बारेमा केही दिनमै निर्णय हुने पनि बताएका छन् । ‘प्रदेश सरकारको बारेमा पनि हामी छलफलमा छौँ । केही दिनमा निष्कर्ष निकाल्छौँ,’ उनले भने । 

ad
ad