१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत १० शनिबार २१:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका तीनको मृत्यु

Read Time : < 1 मिनेट
२०८० चैत १० शनिबार २१:२८:००

हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर आँगनमा खसेपछि करेन्ट लागेर दाङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। 

दाङको राप्ती गाउँपालिका– ३ घण्टदेव चोकका ६० वर्षीय श्रीमान् गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा र चारवर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर उनीहरूलाई करेन्ट लागेको थियो। 

दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। 

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा पुगेको थियो।