१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ८ बिहीबार १२:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चूडामणि पौडेल सचिवमा बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ८ बिहीबार १२:२५:००

सरकारले सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई बढुवा गरेकाे छ। 

आजकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेकाे छ।

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सातजना र नेपाली तीनजना गरी १० पर्वतारोहीलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुर मिनाहा दिने निर्णय गरेकाे छ।