१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक पर्यटनका लागि शुक्लाफाँटा महोत्सव 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o२:oo

आन्तरिक पर्यापर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । निकुञ्जमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको हो । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस वर्ष पनि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेको छ । भीमदत्त नगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत वर्षको निरन्तरता गर्दै यस वर्ष पनि महोत्सव सुरु भएको बताए । 

केसीका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको रानी ताल सरसफाइ गरेर पर्यटन महोत्सवको सुरुवात गरिएको छ । दोस्रो दिन बुधबार पश्चिम सीमानाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा र तेस्रो दिन मैत्रीपूर्ण फुटबल सञ्चालन हुनेछ । महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोड दिएका छन् । पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक समृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्याउनुपर्नेमा जोड दिए ।  

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन वृद्धिका लागि महोत्सवलाई निरन्तरता दिँदै आगामी वर्षमा थप पुरस्कृत बनाउने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रवर्द्धनमा अग्रसर हुनुपर्नेमा जोड दिए । उनका अनुसार यसबीचमा प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिनेछ । कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बाह्रसिङकै सहरको रूपमा विकसित गराउनुपर्नेमा जोड दिए ।

ad
ad