१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:४१:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सामाजिकशास्त्र वार्षिक संगोष्ठीका लागि लेखरचना आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:४१:००

नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत सामाजिकशास्त्र विभागले सामाजिकशास्त्र वार्षिक संगोष्ठी २०८१ आयोजना गर्ने भएको छ । राजनीतिक परिवर्तन र नेपाली समाज भन्ने मूल विषयमा हुने यस संगोष्ठीका लागि प्रज्ञा प्रतिष्ठानले शोधमूलक लेखरचना आह्वान गरेको छ ।

लेखकहरूले राजनीतिक परिवर्तन र नेपाली समाजको अलावा सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, विकास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरूलगायत विषयमा पनि लेख्न सक्नेछन् । प्राप्त शोधमूलक लेखरचनामध्ये २५ वटा उत्कृष्ट लेखरचना संगोष्ठीमा प्रस्तुतिका लागि छानिनेछ ।

समयको परिवर्तनसँगै भएका राजनीतिक परिवर्तन तथा विकासबारे भएका शोधमूलक कार्यलाई प्रोत्साहन गरी सहयोग गर्न र सामाजिक विज्ञानको क्षेत्रमा थप ज्ञाननिर्माण गर्न संगोष्ठी आयोजना गर्न लागिएको प्राज्ञ तथा सामाजिकशास्त्र विभागका प्रमुख डा. कौशिला रिसालले जानकारी दिइन् ।  डा. रिसालले सामाजिकशास्त्रका क्षेत्रमा अध्ययन, अनुसन्धानमूलक कार्य गरिरहेका तथा यस क्षेत्रमा थप अध्ययन गर्न चाहनेका लागि संगोष्ठीले  प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरिन् ।

 संगोष्ठीमा भाग लिन चाहनेले इमेलमार्फत आउँदो वैशाख १५ गतेसम्म लेखरचना पठाइसक्नुपर्नेछ । लेखरचना नेपाली भाषामा पठाउनुपर्नेछ भने यसअघि अन्यत्र प्रकाशन/प्रसारण नभएको हुनुपर्दछ । शोधमूलक लेखरचना तीन हजारदेखि चार हजार पाँच सय शब्दभित्रको हुनुपर्नेछ भने शोधकार्यमा आधारित हुनुपर्नेछ ।