१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्सले आवाजबाटै भुक्तानी हुने प्रविधि ल्याउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:o८:oo

रिलायन्स फाइनान्स लिमिटेडले डिजिटल भुक्तानीको स्वरूप परिवर्तन गर्ने भएको छ । कम्पनीले विट्स क्राफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि आवाजबाटै भुक्तानी हुने नौलो सेवा सुरुवात गर्न लागेको हो । 

‘कोइली’को इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसनमार्फत आफ्ना ग्राहकलाई आवाजबाटै भुक्तानी हुन सक्ने सुविधा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ । यसले हालै ल्याएको योजना कोइली, एक तत्काल अडियो भुक्तानी सूचना टर्मिनल भएको जनाइएको छ । यसले व्यापारीलाई नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजीलगायत आफ्नो रुचाइएको भाषामा भुक्तानी अलर्टहरू प्राप्त गर्न अनुमति जिने कम्पनीले जनाएको छ ।

कोइलीमार्फत ग्राहकलाई  अत्याधुनिक प्रविधि उपलब्ध गराउने र उनीहरूको भुक्तानी अनुभवलाई सहज र प्रयोगकर्तामैत्री बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ । स्मार्ट स्क्यानमा समस्या, एसएमएस एलर्टमा ढिलाइजस्ता समस्या कोइलीले समाधान गर्ने कम्पनीको दाबी छ । विशेष गरी अंगेजी बोल्न र पढ्न नसक्ने ग्राहकका लागि यसले सुरक्षित र मसस्यारहित भुक्तानी सुनिश्चित गर्ने जनाइएको छ ।   

ad
ad