१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ४ आइतबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १o:४९:oo

मेड इन नेपाल नारासहित चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आयोजना हुने भएको छ । जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजना हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक ललितपुर चेम्बर अफ कमर्सले जनाएको छ ।

इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइनालगायतका देशमा उत्पादित विविध सामग्री, मौलिक उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिने बताइएको छ । फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जनाएको छ ।

पहिलोपटक ललितपुरमा आयोजना गर्न लागिएको एक्स्पोमा विभिन्न राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने बताइएको छ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउन फलदायी हुने अपेक्षा ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यको छ । सार्क मुलुकमा निर्मित सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले अन्य मुलुकमा प्रभाव जमाउँदै गएको बताउँदै उनले मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरे ।

यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामीप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड सोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए । मेलामा विभिन्न देशका फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर मेलाको थप आकर्षण हुने एक्स्पोका संयोजक सुनील विष्टले बताए । 

आयोजकले नेपालसहित भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्रान्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई स्टल बुकिङ गर्न आह्वान गरेको छ ।

ad
ad
ad
ad