![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/hbl2024-03-15-11-52-22.gif)
हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरी सेवा दिन थालेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएको शाखा सञ्जालमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं १ सुनसरीबाट बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ ।
बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चम्लागाईं मैनालीले गरिन् । उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुखलगायत बैंकका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।