१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोशीमा आफ्नै सरकार कायम रहने निष्कर्षमा कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार १०:३२:००

कांग्रेसले कोशी प्रदेशमा पार्टी नेतृत्वको सरकारले नै निरन्तरता पाउने निष्कर्ष निकालेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार संवैधानिक र अन्य दलसँग सहकार्यको सम्भावना रहेकाले कांग्रेसले कोशीमा आफ्नै नेतृत्वको सरकार रहने निष्कर्ष निकालेको हो ।

बिहीबार सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका थिए । बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालासमेत सहभागी थिए । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्– संवैधानिक र अन्य दलसँग सहकार्यको सम्भावना रहेकाले कांग्रेसले कोशीमा आफ्नै नेतृत्वको सरकार रहने निष्कर्ष निकालेको हो

बैठकमा सहभागी एक नेताका अनुसार कोशीमा संविधानको धारा ७६ (५) अनुसारको सरकार रहेकाले कार्कीको बहिर्गमनको अवस्था आएमा मध्यावधिमा जाने अवस्था रहेकाले अरू दलसमेत यसका लागि तयार नरहेको कांग्रेसको निष्कर्ष छ । ‘कोशी प्रदेश सरकारको विषयमा रहेका संवैधानिक पक्षहरूको विश्लेषण गर्‍यौँ । संवैधानिक कारणका साथै अन्य दलहरूसँगको सहकार्यको सम्भावनाका आधारमा यस्तो निष्कर्षमा पुगेका हौँ,’ विश्वकर्माले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समीकरण फेरबदलसँगै कांग्रेस प्रतिपक्षका पुगेको छ । केन्द्रमा सरकारले विश्वासको मत पाएसँगै कांग्रेसले प्रदेशमा सत्ता जोगाउन शक्ति केन्द्रित गरेको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशमा आफू नेतृत्वको सरकार जोगाउने र बागमतीमा नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको कांग्रेस नेताहरूको भनाइ छ ।