१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत १ बिहीबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुर दुर्घटना : मृतकको संख्या आठ पुग्यो, नौ घाइते [अपडेट]

Read Time : < 1 मिनेट
२०८० चैत १ बिहीबार १७:२६:००

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा आठजनाको मृत्यु भएको छ। अन्य नौजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को १ ज २५९३ नम्बरको जिप बिहीबार ११ बजेतिर दुर्घटनामा पर्दा घटनास्थलमै सात र उपचारको क्रममा एकको मृत्यु भएको हो।

थापाका अनुसार धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै गरेका जिप सडकबाट दुई सय मिटर तल झरी दुर्घटना भएको थियो। 

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुर हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया की पर्वतमाया राई, सोही स्थानका २३ वर्षीय चन्द्रप्रकाश राई र उनका ६ महिने छोरा डिसाङ राई, भोजपुर हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुर हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, सुनसरी इटहरी बस्ने ४५ वर्षीय कमल अधिकारी र भोजपुर हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राई छन्। मृतक किसानको मृत्यु उपचारको क्रममा भएको थियो।

थापाले जिपमा सवार जम्मा १७ जना रहेको जानकारी दिँदै घाइते ९ जनालाई उपचारको लागि अस्पताल पठाइएको जानकारी दिए। ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटनामा भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

तस्बिर : सामाजिक सञ्जाल