१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १ बिहीबार
  • Saturday, 28 September, 2024
तस्बिर : एएफपी ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १ बिहीबार १४:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा, एथ्लेटिको र डर्टमुन्ड पनि पुगे अन्तिम आठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार १४:५५:oo

युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गएराति भएका आ–आफ्ना खेल जित्दै एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेका हुन् । 

एथ्लेटिको मड्रिड र इन्टरमिलानले बराबरीपछि पेनाल्टी सुटआउटबाट नतिजा निकाले । जहाँ ३–२ गोल अन्तरले हाबी हुँदै एथ्लेटिको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल रह्यो । 

त्यसअघि निर्धारित ९० मिनेटको खेलमा एथ्लेटिकोले २–१ गोलअन्तरको नतिजा निकालेपछि खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो । राउन्ड १६ को पहिलो लेगमा इन्टरमिलानले १–० को जित निकालेको थियो । 

थपिएको ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । 

गएराति नै बोरुसिया डर्टमन्डले दोस्रो लेगमा पिएसभी आइन्डहोभनलाई २–० गोलको सहज जितसहित क्वार्टरफाइनलको यात्रा तय गर्‍याे । पहिलो लेगमा डर्टमन्टले १–१ को बराबरी खेलेको थियो । 

क्वार्टरफाइनलमा एथ्लेटिको र टर्टमन्डसँगै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी, आर्सनल, पिएसजी, बायर्न म्युनिख, रियल मड्रिड र बार्सिलोना पुगेका छन् ।