एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै जिइएसआई योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोेत्सान गर्ने जनाएको छ ।
जिइएसआईले समग्र बैंकिङ प्रणालीलगायत आफ्ना कर्मचारी, ग्राहक वर्गका आवश्यकता पूरा गर्र्दै समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउनेमा बैंक विश्वस्त रहेको छ । बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगन्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखाहरूमा ह्विलचेयर र्याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरि महिला नेतृत्व वुमेन लिडरसिप कार्यक्रमसमेत सुरुवात गरिसकेको छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खातालगायतका प्रदेशकेन्द्रित बचत खाता ल्याइसकेको छ ।