हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा टस जितेको छ। शनिबार हङकङमा भएको खेलमा कप्तान रोहितले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारी लागि हङकङसँग खेल्न लागेको हो। प्रशिक्षक मोन्टी देसाईले अनुभवी केही खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएका छन्।