१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : एन्फा फेसबुक पेजबाट
रासस काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १८:३७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतसँग १० गोल खाँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १८:३७:००

राजधानीमा जारी साफ यू–१६ महिला च्याम्पियनसिप, २०२४ बाट नेपाल बाहिरिएको छ। लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो। भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो।

नेपाल पहिलो खेलमा बंगलादेशसँग नेपाल २–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा भने नेपाल भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो। दोस्रो हाफमा भारतले थप चार गोल गर्‍यो। भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई–दुई गोल गरेका थिए। यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया सुलाई, रेआना र गुर्नाज करले एक–एक गोल गरे। नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए।

प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बंगलादेशबीच खेल हुनेछ।