
उपेन्द्र यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (जसपा) सरकारमा जाने भएको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘अध्यक्षज्यूको नेतृत्वमा सरकारमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एकजना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ,’ जसपाको मुख्य सचेतक प्रदीप यादवले भने ।
सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने जसपाको निर्णय भएको छ । प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एकजनालाई वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको पनि यादवले बताए ।