मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o फाल्गुण २२ मंगलबार १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाई मारेर फरार भएका नेपाली पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार १६:१o:oo

गत वर्ष गाई मारेर फरार मुसिकोट नगरपालिका- १ का २० वर्षीय हरि नेपाली पक्राउ परेका छन्।

नेपालीलाई गुल्मी जिल्ला अदालतले ७ असार ०७९ र उच्च अदालत तुल्सीपुर बुटवलले २९ असार ०८० मा पाँच महिना १९ दिन कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

नेपालीले ०७८ जेठ १८ गते गाई मारेका थिए। पशुपक्षीसम्बन्धी कसुर (गाई मारेको) मुद्दामा नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको थियो। नेपाली फैसलापछि करिब एक वर्ष फरार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।