१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम बदलीको वेला बालबालिकामा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१o:oo

मौसम परिवर्तनसँगै धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने पनि गर्छन् । जसका कारण विभिन्न संक्रमण हुने जोखिमसमेत रहन्छ ।

भाइरल ज्वरो
- मौसम परिवर्तनमा बालबालिकामा एक्कासि ज्वरो आउने हुन सक्छ । सामान्य ज्वरोमा बच्चालाई लुगा खोलेर पानीपट्टी गर्ने, नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नेलगायत गर्न सकिन्छ । ज्वरो नघटेमा अस्पताल लैजानुपर्छ । जथाभावी एन्टिबायोटिक औषधि खान दिनुहुँदैन । 

- भाइरल ज्वरो एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक पनि हुन्छ । सामान्यतया, पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासि खोकी बढ्नेजस्ता लक्षण देखिन सक्छन् ।

झाडापखाला 
- अधिकांशमा गर्मी मौसममा झाडापखालाको समस्या देखिन्छ । यो खासगरी भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्दछ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्ने हुन सक्छ । 

- झाडापखाला भएमा आमाको दूध साबिकभन्दा धेरै खुवाउनुपर्छ । त्यसैले गर्दा सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्ने हुन्छ । त्यस्तै, बच्चालाई झोलिलो खानेकुरा, गेडागुडीको झोल आदि खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दूध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा बच्चालाई तत्काल अस्पताल लैजानुपर्छ ।

भाइरल इन्फेक्सन
- चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना बढेर जान्छ । जसले गर्दा बच्चामा श्वास–प्रश्वासमा समस्या देखिन सक्छ । अन्यको तुलनामा बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ । गर्मी मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले बढी सताउने गर्छ । 

- गर्मी बढ्दै जाँदा बालबालिकामा रुघाखोकीको जोखिम उच्च हुन्छ । कतिपय बच्चालाई बान्ता हुने, रिँगटा लाग्ने, छालामा विभिन्न समस्या देखापर्ने आदि समस्या 
पनि देखिन्छन् । 

हेरचाह
- बालबालिकाको उचित हेरचाह गर्न जरुरी हुन्छ । त्यसैले भिडभाडमा जाँदा मास्क लगाउने, घाममा धेरै खेल्न नदिने, फोहोर पानीको सम्पर्कबाट टाढा राख्ने गर्नुपर्छ । - बासी खाना खुवाउन हुँदैन । स्वस्थ र ताजा खाना खुवाउनुपर्छ । पानी प्रशस्तै पिउन दिनुपर्छ । 
- बाहिर निस्कँदा सनस्क्रिन क्रिम लगाइदिनुपर्छ । छाला ढाकिने गरी पातलो कपडा लगाइदिनु राम्रो हुन्छ । 
- बच्चालाई शारीरिक रूपमा सक्रिय राख्नुपर्छ । बिहान वा साँझको समय खेल्न जान दिनु राम्रो हुन्छ । खेल खेल्ने ठाउँ सुरक्षित हुन जरुरी पनि छ । बच्चा कहाँ खेल्दै छ भन्ने विषय अभिभावकले ध्यान दिनुपर्छ । गर्मीको समय चर्को घाममा खेल्न पठाउन हुँदैन । 

ad
ad