१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : क्यान ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वर्षाले खेल रद्द भएपछि नेदरल्यान्ड्स फाइनलमा, नामिबिया निराश

लगातारको वर्षाले खेल अघि बढ्न नसकेपछि नेदरल्यान्ड्स र नामिबियाले एक–एक अंक बाँडे, पाँच अंकसहित शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले फाइनलमा नेपालसँगको भेट पक्का गर्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:oo:oo

नेदरल्यान्ड्स टी–२० आई त्रिदेशीय शृंखलाको फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। 

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल चलिरहँदा परेको पानी नरोकिएपछि नियमानुसार खेल रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक प्राप्त गरेका थिए। 

यसअघि नै तीन खेलको समाप्तिमा चार अंक बनाइसकेको नेदरल्यान्ड्स पाँच अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो भने नामिबिया तीन अंकसहित अन्तिम स्थानमा रह्यो। चारमध्ये दुई खेल जित्दै चार अंक हासिल गरेको नेपाल हिजै फाइनल पुगिसकेको थियो। 

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो। नरोकिएपछि बाँकी खेल अघि बढ्न सकेन। 

शृंखलाको फाइनलमा नेपालसँग भेटका लागि आज ठूलो अन्तरले जित निकाल्नुपर्ने दबाबमा रहेको नामिबिया वर्षाले खेल रद्द भएपछि निराश बनेको छ। 

खेल रोकिँदा पहिलो खेलमा नेपालविरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्व कीर्तिमान राखेका निकोल इटन क्रिजमा थिए। उनले २९ बलमा दुई छक्का र दुई चौकाको सहयोगमा ३४ रन बनाएका थिए। 

शृंखलाको फाइनल खेल मंगलबार त्रिवि खेल मैदानमै हुनेछ। उपाधि उचाल्ने लक्ष्यसहित नेपालले त्यस दिन नेदरल्यान्ड्सको सामना गर्नेछ। 

ad
ad