Skip This
लुम्बिनीकाे बाहिरी सुरक्षाकाे जिम्मेवारी सशस्त्रलाई दिन काेषकाे आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Saturday, 27 July, 2024
दीपेश पछाई लुम्बिनी
२o८o फाल्गुण २० आइतबार १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीकाे बाहिरी सुरक्षाकाे जिम्मेवारी सशस्त्रलाई दिन काेषकाे आग्रह

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १२:४८:oo

लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिन लुम्बिनी विकास कोषका पदाधिकारीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। 

आइतबार बिहान लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग लुम्बिनीमा सो ध्यानाकर्षण गराएका हुन्।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पो छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्रबाहिरको सुरक्षा शसस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरे।

उपाध्यक्ष डा. लामाले यसअघि कोषको बैठकले शसस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरि गृहमन्त्रालयमा फाईल पठाएको बताउँदै पहलका लागि ध्यानआकर्षण गराए। 

उक्त अवसरमा कोषको ध्यानआकर्षणपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए। लुम्बिनी गुरूयोजनाको ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ। यसको बाहिरी घेरा सशस्त्र प्रहरीको जिम्मामा दिनु उपयुक्त रहेको कोषको भनाई छ। 

छलफलमा उपाध्यक्ष डा. लामाले ्गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनि क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए। भेटघाट तथम छलफलमा कोषाध्यक्ष सिद्विचरण भट्टराईले आन्तरीक आम्दानीबाट खर्च गरिदै आएको बताउँदै बजेटमा प्राथमिकतम दिन आग्रह गरे। 

कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनि विकास क्षेत्र संवेदनशिल भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्ने बताए। उनले लुम्बिनि बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने तर, अस्थायी  भएकाले यसलाई स्थायी बेशक्याम्प बनाउन अनुरोध गरे। 

छलफलमा कोषका योजना प्रमुख स्मिता भट्ट,  बोर्ड सदस्य श्याम रोक्का, विश्वराज पौडेल, वरिष्ठ इञ्जिनियर सरोज भट्टराई, लेखा अधिकृत भिम बस्नेतलगायतको उपस्थिति थियो।