१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लागुपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:२o:oo

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा चारजनाले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको हो ।

बा.१प ७६४ नम्बरको पर्यटक माइक्रोबस चालक ललितपुर महानगरपालिका–१४ का ३२ वर्षीय वासुदेव खड्का, बा.७ख ९७२१ नम्बरको ट्रकचालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–८ का २८ वर्षीय अमृत उप्रेती र ना.८ख १६४६ नम्बरको ट्रकचालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ का २७ वर्षीय पंकज चौलागाईं पक्राउ परेका हुन् ।

यस्तै, काठमाडौंकै बल्खुमा पनि लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका बागमती प्रदेश ०१–०२५ च ७८७४ नम्बरका पिक अप भ्यानचालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सफल श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेकजाँच गरेको हो । नागढुंगामा पक्राउ परेका तीनजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाएको ट्राफिक कार्यालयले जनाएको छ ।  

यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागुपदार्थ सेवन गरी गर्नु निकै जोखिमपूर्ण भएकाले दुर्घटना न्यूनीकरणका लागि यस्तो चेकजाँच गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ बताउँछन् ।

यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारीसाधनका चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए–नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसी किटको प्रयोग गरी ९ साउन ०७९ बाट ट्राफिक चेकजाँच गर्दै आएको छ । 

ad
ad