१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङ जोड्ने बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५६:oo

मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक दुई दिन बन्द हुने भएको छ। सडकअन्तर्गत नासोँ गाउँपालिकाको दानाक्यु छहरानजिकै सडक मर्मतका लागि शनिबार दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो।

यस खण्डमा सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेको र वैकल्पिक सडकसमेत नभएकाले बन्द गरेर मर्मत गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचनामार्फत जानकारी गराएको छ।

दानाक्युनजिकै कल्भर्टको वरिपरि भत्किएको र बाटोमा ढुंगा निस्किएकाले मर्मत गर्न लागिएको हो। सवारीसाधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा सडक नै बन्द गर्नुपरेको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए। उक्त स्थानमा रहेको काठेपुल ०७७ असारमा आएको बाढीले बगाएपछि पुन: पटक-पटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि ०७८ फागुनदेखि चैत ५ गतेसम्म बेँसीसहर–चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो।

यति वेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुंगा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। ०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो।

नेपाली सेनाले उक्त सडक ०५७ देखि बनाउने जिम्मा पाएको थियो। सेनाले ०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। ६५ किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ।

ad
ad