१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रिमाललाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १९:३६:००

संगीतकार रामकुमार रिमालले रारा राष्ट्रिय म्युजिक अवार्ड– २०८० मा आधुनिक गीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् । 

रिमाललाई ‘पूरा भए ती सारा सपना वर्षौँदेखि साँचेको’ बोलको गीतका लागि रारा राष्ट्रिय म्युजिक अवार्ड प्रदान गरिएको हो । 

रेन्जेन लामाको शब्दमा रहेको उक्त गीतलाई रिमालले संगीत दिएका हुन् भने चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन् । 

अवार्ड प्राप्त गरेपछि संगीतकार रिमालले नेपाली संगीतको क्षेत्रमा थप जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिए । 

रिमालले हालै ‘पराइकी रानी’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीतले दर्शको मन जित्ने विश्वास उनले व्यक्त गरे ।