मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २३ बुधबार o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब ओमानस्थित दूतावासबाटै श्रम स्वीकृति पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार o७:५३:oo

ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाली कामदारलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ । विदेशबाट यस्तो सुविधा दिन लागेको यो पहिलोपटक हो । 

राजदूतावासले शुक्रबार र शनिबार प्रत्यक्ष संवाद तथा अन्तक्र्रिया कार्यक्रम गरेको थियो । त्यही अवसरमा राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रमस्वीकृति कार्यको सुरुवात गरेका हुन् ।

कार्यक्रममा राजदूत अर्यालले उक्त सेवाबाट ओमानस्थित नेपाली नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । नेपाली राजदूतावास नेपाली श्रमिकको हकहित संरक्षणका लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको उनको प्रतिबद्धता थियो ।  

यस्तै, विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विदेशमा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएको जानकारी दिए । मस्कटबाट करिब ११ सय किलोमिटर टाढा रहेको सलालामा नै राहदानी नवीकरण, वैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारीसहितको सेवा राजदूतावासले नियमित प्रदान गरेकाले श्रमिकले खुसी व्यक्त गरेका छन् ।