मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २३ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार o८:३६:oo

नेपालमा क्यान्सरका बिरामी बढ्नुको कारण के हो ? 
क्यान्सर नेपालमा मात्र होइन, संसारभरि नै बढेको छ । क्यान्सर लाग्नुको मुख्य कारण हाम्रो जीवनशैली नै हो । अहिलेको सहरिया तथा कृत्रिम जीवनशैलीले हामीलाई बिगारेको छ । यसले हामीलाई प्रकृतिबाट टाढा पुर्‍याएको छ । क्यान्सर हुनुका प्रमुख कारणमा मासु बढी खाने, सागसब्जी नखाने, रेडिमेड खानेकुरा बढी खाने, ससेज, कलर गरेको खानेकुरा खाने, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, शारीरिक व्यायाम गर्ने, औद्योगिकीकरण, प्रदूषणलगायत पर्छन् । यसबाहेक हामीले खाने खानेकुरामा ज्यादै विषादी मिसिएको छ । त्यसले पनि क्यान्सर फैलाइरहेको छ । सरोकारवाला निकाय यसप्रति जिम्मेवार नहुनु दुःखद छ । कम्तिमा बजार अनुमगन र गुणस्तर चेकजाँच भइदिए केही हदसम्म निरोगी हुने अवस्था सिर्जना हुन्छ ।

क्यान्सर नियन्त्रणको उपाय के हुन सक्छ ?
मुख्यतः सानै उमेरदेखि जीवनशैलीमा ध्यान दिन सके ५० प्रतिशत क्यान्सरबाट जोगिन सकिन्छ । त्यस्तै जंकफुड नखाने, सफा गरेर सागसब्जी बढी खाने, मदिरा र सुर्तीजन्य वस्तुको सेवन नगर्ने, समयमै खोपहरू लगाउने, क्यान्सर हुने वातावरणबाट टाढा रहने, घाममा अत्यधिक नबस्नेजस्ता कायमा ध्यान दिनुपर्छ । आफूलाई क्यान्सरसँग मिल्दो लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । बेलाबेलामा स्वास्थ्य जाँच गराउनुपर्छ । 

नेपालमा क्यान्सरका कुन उमेर समूहका बिरामी बढी छन् ? 
क्यान्सर कुनै पनि उमेर समूहलाई हुन सक्छ । तर, ३० वर्ष नाघेपछि क्यान्सर हुने सम्भावना बढी हुन्छ । युवा र बच्चामा हुने क्यान्सर वंशाणुसँग सम्बन्धित छ । हाम्रोमा भर्खर सुरुवाती चरणको क्यान्सर कमै थाहा हुन्छ । बिरामीहरू पहिलो र दोस्रो चरणमा खासै अस्पताल जाँदैनन् । क्यान्सर तेस्रो र चौथो चरणमा पुगेपछि उपचार गर्न बढी आउँछन् । जुन अत्यन्तै जोखिमपूर्ण र डरलाग्दो अवस्था हो ।