![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/presscentre2025-02-05-10-59-20.jpeg)
प्रेस सेन्टर नेपाल, जिल्ला समिति गुल्मीमा हुमाकान्त पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ। सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरको जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा वासुदेव पोखरेल र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सहसचिवमा प्रियंंका पन्थी र पुष्कर वली एवं कोषाध्यक्षमा मन्दिरा विश्वकर्मालगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।
अध्यक्ष पोखरेल यसअघि सचिव रहेका थिए । अधिवेशनले महेश बोहराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् ।