१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १६:२१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारत जाने र्‍याफ्टिङ टोलीकाे बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १६:२१:००

विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली शनिबार भारतको हिमाञ्चल प्रदेश जाने भएको छ।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पूर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। वैकल्पिक खेलाडीमा दीपेश पुनमगर रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन्।
    
अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले संघका अध्यक्ष राजीव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सूर्यप्रताप श्रेष्ठ, सचिव सिविल अर्याल, राष्ट्रिय तयारी समितिका डाइरेक्टर दीपक विष्ट, बास्केटबल संघका अध्यक्ष भीम गुरुगलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।