Skip This
भजनशिरोमणि भक्तराजको स्वरमा शास्त्रीयताको जादु अदभूत थियो : राष्ट्रपति 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o फाल्गुण १८ शुक्रबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भजनशिरोमणि भक्तराजको स्वरमा शास्त्रीयताको जादु अदभूत थियो : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १६:o१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले भजनशिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अदभूत तथा अनुपम भएको बताएका छन्।  

राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भनेका छन्, ‘भजनशिरोमणिको उपाधि पाएका भक्तराज नेपाली गीत–संगीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अदभूत तथा अनुपम थियो।’ 

‘शास्त्रीय संगीतको तत्त्वलाई आधुनिक गीत–संगीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ।  कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा संगीत दिएर नेपाली गीत–संगीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ,’ समवेदना सन्देशमा उल्लेख छ। 

जति चोट दिन्छौ देऊ मायालु, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको मायालगायत कालजयी र कर्णप्रिय गीतले गीत–संगीतप्रेमीमाझ मात्र हाेइन नेपालीको मनमस्तिष्कमा उहाँलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्। 

राष्ट्रपतिको समवेदना सन्देश उनकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गरेका थिए।