१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लालझाडीका राजकुमार मृत्यु प्रकरण : प्रहरीसहित दुईजना कारागार चलान

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४५:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवककाे मृत्यु प्रकरणमा प्रहरीसहित दुईजना कारागार चलान भएका छन् । लालझाडी गाउँपालिका– ३ बल्मीका २५ वर्षीय राजकुमार राना मृत्यु प्रकरणमा प्रहरीका एक सहायक हवल्दारसहित दुईजना कारागार चलान भएका हुन् । 

राजकुमार मृत्यु प्रकरणमा पक्राउ परेका प्रहरी सहायक हवल्दार महेश चौधरी र अर्का युवक चेतराम भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । २८ असोज ०८० मा लालझाडीका राजकुमार कृष्णपुर नगरपालिकाको एक सामुदायिक वनमा मृत फेला परेका थिए । राजकुमार मृत्यु प्रकरणमा चार महिनापछि मृतककी श्रीमती सुशीला रानाले किटानी दिएकी थिइन् । उक्त किटानीकै आधारमा गत माघ अन्तिम साता चौधरी र भण्डारी पक्राउ परेका थिए । 

पक्राउ परेका चौधरी र भण्डारीविरुद्धमा प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मृतक राजकुमारकी श्रीमती सुशीलाले दिएको किटानीका आधारमा चौधरी र भण्डारीलाई पक्राउ गरेर सरकारी वकिलमा मुद्दा दर्ता गरेको बताए । बिहीबार भएको थुनछेक बहसमा चौधरी र भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रवक्ता डाँगीले बताए । पाँच महिनाअघि सडेगलेको अवस्थामा मृत फेला परेका राजकुमारको सुरुवातमै हत्या भएको आशंका गरिएको थियो । 
 

ad
ad