Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १२:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अर्धशतक बनाएका लेभिट आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १२:२०:००

नेपालविरुद्ध आक्रामक अर्धशतक बनाएका नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट आउट भएका छन् । उनी ३६ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन बनाएर आउट भएका हुन् । 

कुशल मल्लको बलमा आसिफ शेखले उनलाई स्टम्पिङ गरे । पहिलो टी–२० अन्तर्राष्ट्रिय म्याच खेलिरहेका लेभिटले ३१ बलमै करिअरको पहिलो अर्धशतक बनाएका थिए । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले लेभिट आउट हुँदा ८.५ ओभरमा दुई विकेटको क्षतिमा ७७ रन बनाएको छ ।