१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार ११:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

महेन्द्रनगरमा फागुन २१ देखि औद्योगिक व्यापार मेला 

२ लाख दर्शकले मेलाकाे अवलोकन गर्ने, ५ करोडको कारोबार हुने आयोजककाे अपेक्षा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o९:oo

फागुन तेस्रो सातादेखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा २१ फागुनदेखि भीमदत्त नगरपालिका- ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको हो ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यसपटक उद्योग वाणिज्य संघले १५औँ संस्करणको औद्योगिक व्यापार मेला सञ्चालन गर्न लागेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघले मेलाको तयारी तीव्र रूपमा अघि बढाएको छ ।

वाणिज्य संघले स्थानीय वस्तु, सेवा, कला, संस्कृतिको प्रवर्द्धनका लागि १५औँ संस्करको मेला सञ्चालन गर्न लागेको हाे । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय स्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार र बजार प्रवर्द्धनका लागि मेला सञ्चालन गर्न लागिएको बताए । 

महोत्सवमा तीन सय स्टल

महासचिव बोहराले दश दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक ऊर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, कृषि औजार, सूचना प्रविधि, विद्युतीय सामग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवा प्रदर्शन गरिने जानकारी दिए । यसैगरी, मनोरञ्जनका लागि बाल उद्यान राखिनेछ । यसको साथै सुदूरपश्चिम प्रदेशको लोकसंस्कृति झल्किने खालका खानाका परिकारसमेत प्रदर्शनमा राखिने भएको छ । 

‘यसपटक हामीले थारू समुदायको संस्कृति झल्कने खाद्य परिकारको प्रवर्द्धनका लागि छुट्टै ‘थारू गाउँ’ बनाउनेछौँ । जहाँ थारू समुदायको संस्कृति र कला प्रदर्शन गर्नेछौँ,’ महासचिव बोहरा भने, ‘यो नै महोत्सवको मुख्य आकर्षण  हुनेछ ।’ स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत विभिन्न खालका सांस्कृतिक कला प्रस्तुत गरिनेछ । महोत्सवमा भारतीय दर्शकहरूसमेत आउने अनुमान गरिएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले विगत २२ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र बैंकिङ क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी गरी प्रचारप्रसारदेखि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्ने उद्देश्य रहेको बताए । 

हरेक टिकटको पाँच रुपैयाँ सामाजिक काममा
अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकटको पाँच रुपैयाँ विनियोजन गरेर सामाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसहारा नागरिकको सामाजिक विकासका लागि उक्त टिकटबाट छुट्याएको रकम खर्च गरिनेछ । 

दुई लाख दर्शकले मेलाकाे अवलोकन गर्ने, पाँच करोडको कारोबार हुने अपेक्षा

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले मेलाकाे अवलोकन गर्ने आयोजनकको अनुमान छ । यसैगरी माहोत्सवमा पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 


 

ad
ad