Skip This
युक्रेन र डेनमार्कबीच सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
रासस किभ
२o८o फाल्गुण १२ शनिबार १४:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेन र डेनमार्कबीच सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १४:५६:oo

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी १० वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।

युक्रेनको पश्चिमी सहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौताअन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३–०२८ सम्म ८.५ अर्ब युरो (झन्डै ९.२ अर्ब अमेरिकी डलर)को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ।

सम्झौताअनुसार सन् २०२४ मा १.८ अर्ब युरो (करिब १.९५ अर्ब डलर)को सैन्य सहयोग प्रदान हुनेछ।

डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण  सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्ने बताइएको छ।