Skip This
वर्षाले उडान प्रभावित, विदेशी विमान ‘डाइभर्ट’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १० बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाले उडान प्रभावित, विदेशी विमान ‘डाइभर्ट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १७:१७:oo

काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेशआसपासमा हल्का वर्षा भइरहेको जानकारी दिए।  

काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेगआसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।’

भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने उनले उल्लेख गरे। ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्नेहुन्छ,’ मौसमविद् कँडेलले भने। 

पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’

काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। 

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडानमा सामान्य अवरोध छ। प्रवक्ता झाले भने, 'आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ, तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट  मात्रै उडान भइरहेको छ।’