समृद्धि फाइनान्सले व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । फाइनान्सको गौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरिपुर नगरपालिकाको पिडारीचोकका स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको हो ।
स्थानीय व्यापार–व्यवसाय गरिरहेका व्यवसायीहरू तथा अन्य बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा–सुविधा तथा वित्तीय परामर्शका बारेमा अन्तर्क्रिया गरेको संस्थाले जनाएको छ ।
फाइनान्सले उपलब्ध गराउने सुविधाको पूर्ण सदुपयोग गर्नेसम्बन्धी अन्तर्क्रिया गर्दै व्यवसायीसँग बलियो सम्बन्ध निर्माणका लागि गर्नुपर्ने कामका बारेमा मुख्य छलफल भएको जनाइएको छ ।
३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको संस्थाले जनाएको छ ।