मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ७ सोमबार ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वानमा लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार ११:४२:oo

 एलएस (लक्ष्मी सन्राइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फन्डले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन मान्दै लगानी घोषणा गरेको हो । 

लगानीसम्बन्धी सम्झौतामा एलएस क्यापिटलका अध्यक्ष राजीव सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको जनाइएको छ । एलएस (लक्ष्मी सन्राइज) क्यापिटको पहिलो प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँ रहेको फन्डले जनाएको छ । यो फन्ड बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष भएको क्यापिटलले दाबी गरेको छ । 

पुवा खोला–वान हाइड्रोपावरले पुवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । इलाममा अवस्थित यस आयोजनाले चार मेगावाट विद्युत् उत्पादन सुरु गरिसकेको जनाइएको छ ।