१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ७ सोमबार ०९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्राप्त उपलब्धिलाई समृद्ध बनाउन समाजवादको दिशामा अघि बढौँ : खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ७ सोमबार ०९:१९:००

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न, विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन समाजवादको दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन् । नेपालमा पुँजीवादी लोकतान्त्रिक परिवर्तनको सुरुवात २००७ सालको क्रान्तिबाट भएको उनले बताएका छन् । 

नेपालको इतिहासमा निरंकुश तानाशाही राणाशासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिनको रूपमा खनालले स्मरण गरेका छन् ।

‘२००७ सालको क्रान्ति सम्पन्न भएपश्चात् नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युगतिर प्रवेश  गर्‍यो  । त्यसपछि लगातार प्रजातन्त्रमाथि धेरै प्रकारका चुनौती पनि आइलागे । ती तमाम चुनौतीका बाबजुद हामीले ०४६ सालमा जनआन्दोलनमार्फत अर्को परिवर्तन गर्‍यौँ । त्यसपछि फेरि ०६२/६३ मा जनवादी क्रान्ति सम्पन्न गर्‍यौँ। त्यसैको परिणामस्वरूप हामीले संविधान सभाको निर्वाचनमार्फत नेपालमा नयाँ संविधान निर्माण गर्‍यौँ र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागतसमेत गरेका छौँ । यसरी विभिन्न समयका घटनाक्रमको मूल्यांकन गरेर हेर्दा नेपालमा पुँजीवादी लोकतान्त्रिक परिवर्तनको सुरुवात २००७ सालको क्रान्तिबाट नै भएको हो भन्न सकिन्छ । तसर्थ, आजसम्मको हाम्रा यी प्राप्त उपलब्धिलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले समाजवादको दिशामा अघि बढ्न जरुरी छ,’  प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै खनालले भनेका छन् ।