१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

३० अर्ब सकियो, मेलम्ची अझै अधूरै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५४:oo

मेलम्ची महत्वाकांक्षी र महँगो आयोजना हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार यसमा अहिलेसम्म ३० अर्ब रकम खर्च भइसकेको छ । आयोजनाअन्तर्गत पहिलो चरणमा अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किलोमिटर सुरुङबाट १७ करोड पानी उपत्यका ल्याइएको छ । दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के नदीबाट थप १७–१७ करोड पानी ल्याउन बल्ल काम सुरु हुन लागेको छ । 

समितिका अनुसार हालसम्म मेलम्ची खानेपानी आयोजनाका लागि ३० अर्ब सकिएको छ । अम्बाथानमा निर्माण भएको हेडवर्क्सदेखि सुन्दरीजलसम्म पानी ल्याउन करिब ३० अर्ब रुपैयाँ खर्च भएको हो । जसमध्ये एडिबीले करिब २० अर्ब रकम खर्च गरेको छ । बाँकी रकम सरकारले खर्च गरेको हो । 

हेडवर्क्स सार्नुपर्ने अवस्था रहेमा मेलम्ची खानेपानीको लागत थप बढ्नेछ । गत सेप्टेम्बरमा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स सार्न सुझाव दिँदै एसियाली विकास बैंकले प्रतिवेदन बुझाएपछि मेलम्चीको पानीको निरन्तरताबारे अन्योल छ । एडिबीले हाल हेडवर्क्स रहेकोभन्दा सात सय मिटरमाथि हेडवर्क्स सार्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । 

हेडवर्क्स सार्नुपरे सुरुङ र पहुँच मार्गसमेत विस्तार गर्नुपर्ने हुन्छ । एडिबीले उक्त रिपोर्ट बुझाएको करिब ६ महिना हुन लाग्दा पनि यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे निक्र्योल हुन सकेको छैन । ‘दुई वर्षअगाडि आएको बाढीपछि एडिबीले अध्ययन गर्दा हेडवर्क्स सार्नुपर्ने रिपोर्ट दिएको छ । रिपोर्टपछि हेडवर्क्स सार्ने कि के गर्ने भन्ने सरकारको निर्णयपछि अगाडि बढ्छौँ,’ समिति प्रवक्ता राजेन्द्र पन्तले भने, ‘हेडवक्र्स सार्नका लागि पनि विस्तृत अध्ययन हुनुपर्‍यो । थप विस्तृृत अध्ययनपछि कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय होला ।’ 

एक महिनाअघि उपत्यकावासीको धारामा आएको मेलम्चीको पानी स्थायी रूपमा ल्याउनका लागि अझै पहल सुरु हुन सकेको छैन । जसकारण यो वर्ष पनि बर्खासम्म मात्र उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खापछिको अवस्था हेरेर अगाडि बढिनेछ । ‘पहिलो चरणको काम सकेर उपत्यकावासीले पानी प्रयोग गर्न पाइरहेका छन् । त्यसैले हाललाई हामीले दोस्रो चरणको कामअन्तर्गत यांग्री र लार्केको पानी उपत्यकामा ल्याउन निर्माणको काम गरिरहेका छौँ,’ समितिका प्रवक्ता पन्तले भने, ‘मेलम्चीको पानीको विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे बर्खापछिको अवस्थासम्म हेर्छौँ ।’ 

०७८ असार र साउनका मेलम्ची नदीमा आएको बाढीको कारण हेडवर्क्सलगायत संरचनामा क्षति पुगेको थियो । त्यसपछि बर्खा लाग्नेबित्तिकै मेलम्चीको पानी उपत्यका ल्याउने सुरुङको ढोका बन्द गर्ने गरिएको छ । 

ad
ad