मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार o९:५४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपलब्धि सहकारीका ११ सञ्चालकविरुद्ध मुद्दा दायर, १८ करोड ठगीको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार o९:५४:oo

लाजिम्पाटस्थित उपलब्धि बहुउद्देश्यीय सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ । सहकारीका सदस्यहरूको निक्षेप फिर्ता नगरेकोमा उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

एक सय एकजना सदस्यको १८ करोड ४० लाख ५४ हजार ठगी गरेको अभियोग उनीहरूमाथि छ । सहकारीका अध्यक्ष विपिन शर्मा मिश्र, उपाध्यक्ष रोशन थापा, सचिव अनिलप्रसाद खनाल र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई प्रतिवादी बनाइएको छ ।

अध्यक्ष मिश्रको गत साउनमा मृत्यु भइसकेको छ । त्यस्तै, संस्थाका सदस्यहरू गीता सिलवाल, सुशीला दाहाल, नवराज पोखरेल, सानुराजा शिल्पकार, बिनु सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौला र सल्लाहकार देवराज शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।

संस्थाका सञ्चालकले सहकारीको पैसा आफ्नो निजी कम्पनीमा लगानी गरी संस्थाको रकम हिनामिना गरेको प्रहरीले जनाएको छ । संस्थाका अध्यक्ष मिश्रले उपलब्धि प्रकाशन सेवामा ११ करोड ८१ लाख तथा पूर्वअध्यक्ष शर्माले करुणा इन्टेरियरमा आठ करोड ८२ लाख ऋण लिई फिर्ता नगरेपछि संस्था धराशयी बनेको हो । 

प्रमुख कार्यकारी अधिकृत निरौलाले आफन्तको नाममा कर्जा दिएर संस्थाको बचत हिनामिना गरेको प्रहरीले जनाएको छ । निरौला अध्यक्ष विपिनकी श्रीमती हुन् । अध्यक्ष र पूर्वअध्यक्ष दाजुभाइ हुन् ।

सहकारीलाई निजी कम्पनीका रूपमा चलाएर उनीहरूले अनियमितता गरेको प्रहरीले जनाएको छ । प्रहरीले पूर्वअध्यक्ष देवराज शर्मा, उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरेर तथा अन्यलाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । 

सहकारीले सदस्यहरूको ४६ करोड २४ लाख फिर्ता गर्नुपर्ने र ३७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको अनुुसन्धानमा खुलेको छ । मुद्दा दायर भइसकेपछि पनि जाहेरी थपिने क्रम रहेको दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापा क्षेत्रीले बताए । 

पञ्चरूपाद्वारा तीन करोड ठगी 
प्रहरीले काठमाडौंको पेप्सीकोलास्थित पञ्चरूपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरेको छ । बचतकर्ताको तीन करोड ३८ लाख हिनामिनाको आरोपमा नौजनाविरुद्ध मुद्दा दायर भएको हो ।

संस्थाका अध्यक्ष पुष्कल रिजाल, उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेश ज्याख्या, सदस्य धीरेन्द्र बराल र सदस्यहरू अर्जुन बस्ताकोटी, पुष्पबाबु पाण्डे, कुमार साह र मंगलबहादुर तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको हो । उनीहरूमध्ये सदस्य बराल मात्र पक्राउ परेका छन् ।