१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ५ शनिबार ११:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लघुवित्तको २० हजार कर्जाले फेरिएको जीवन

लघुवित्त सम्मेलन विशेष

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ५ शनिबार ११:०५:००

उदयपुरको बेलका नगरपालिका– ६ की सुमित्रा राईको हिजोआज दैनिकी नै फेरिएको छ । पाँचजनाको परिवार रहेको राईले जीवनमा अनेक दुःखकष्ट खेपिन् । तर, यतिवेला उनी ढुक्क छिन् । स्थानीय महुली लघुवित्तबाट पहिलो कर्जा २० हजार रुपैयाँ लिएर व्यवसाय सुरु गरेपछि जीवनयापन नै फेरिएको राई बताउँछिन् । ०६६ सालमा समूहमा आबद्ध भएपछि राईले लघुवित्तबाट २० हजार रुपैयाँ कर्जा लिएर बाख्रापालन सुरु गरिन् । आर्थिक अभाव खेपिरहेका वेला ब्राखापालनले उनलाई निकै सहयोग पुग्यो । 

‘आर्थिक अभाव खेपिरहेकी थिएँ । एकजना साथीको सल्लाहमा लघुवित्तमा आब भएदेखि मेरो जीवन फेरिएको छ,’ राई भन्छिन्, ‘अहिले महुली लघुवित्तबाटै पाँच लाख ५० हजार रुपैयाँ कर्जा लिएर यही व्यवसायमा लगानी गरेकी छु । हिजोआज समाजले हेर्ने दृष्टकोण राम्रो छ । समाजमा एउटा छुट्टै पहिचान बनेको छ ।’ लघुवित्तका कारण तुलनात्मक रूपमा दुःख गरेर सुखसँग जीवन बिताइरहेको र यो स्थानसम्म आउन लघुवित्तले सहयोग गरेको उनको भनाइ छ । 

सदस्यहरूको एक अर्ब ५७ करोडभन्दा बढी बचत छ : गंगाधर पाण्डे प्रमुख कार्यकारी अधिकृत महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

महुली लघुवित्त वित्तीय संस्था एक विशुद्ध लघुवित वित्तीय संस्था हो । महुली सामुदायिक विकास केन्द्र बकधुवा– ६ बाट प्रवर्द्धन भई १७ भदौ ०६९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीको रूपमा विधिवत् दर्ता भई सञ्चालनमा रहेको छ । 

यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट २ जेठ ०७० मा १० जिल्ला कार्यक्षेत्रको स्वीकृती लिई कम्पनी रजिस्ट्रारको कार्यालयबाट ३० जेठ ०७० मा कारोबार सञ्चालनको अनुमति पाएर सोही मितिबाट बैंक तथा वित्तीय संस्था नियमावलीअनुसार औपचारिक रूपबाट कारोबार सञ्चालन गरी  १० जेठ ०७५ मा थप पाँच जिल्लामा कार्यक्षेत्र विस्तार गर्न अनुमति पाई १५ जिल्लामा पुग्न सफल भएको थियो ।

यसैगरी ८ माघ ०७६ मा नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने÷गाभिने (मर्जर) सम्झौतापश्चात् सम्पूर्ण प्रक्रिया पूरा गरी ८ मंसिर ०७७ मा ‘महुली लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार शुभारम्भ भएपश्चात् नेपाल राष्ट्र बैंकबाट २२ मंसिर ०७७ मा राष्ट्रिय स्तरको रूपमा कार्य गर्न इजाजतपत्र पाउन सफल भई मर्जरपश्चात् हाल ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । हाल यस वित्तीय संस्थामा ८२ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने आबद्ध सदस्यहरूको एक अर्ब ५७ करोडभन्दा बढी बचत छ । यसैगरी चार अर्ब ३१ करोड कर्जा उठाउन बाँकी रहेको छ । 

वित्तीय संस्थाले स्थानीय साझेदारी कार्यक्रमअन्तर्गत बृहत् वित्तीय साक्षरता कार्यक्रम, सदस्यसँग सार्वजनिक सुनुवाइ, महुली विकास केन्द्र, स्थानीय पालिका, नेपाल सरकार तथा हेबिट्याट नेपालको सहकार्यमा करिब ६३०० घरपरिवारलाई सुरक्षित आवास हस्तान्तरण तथा रोजगारीमूलक कार्यक्रम साथै एडिबीको सहयोगमा उद्यमशीलता कार्यक्रमलगायतका बहुपक्षीय क्षेत्रमा महिला सशक्तीकरण एवं स्थानीयस्तरमा वित्तीय पहुँच अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।