१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
क्यानडाविरुद्धको खेलमा डेब्यू विकेट लिएपछि युवा बलर हेमन्त धामी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२०८० माघ २९ सोमबार १०:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हेमन्त धामीलाई डेब्यु खेलमा डेब्यु विकेट, क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०८० माघ २९ सोमबार १०:०१:००

एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा अहिले नेपाल र क्यानडा भिडिरहेका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । 

सिरिजको अन्तिम खेलमा मौका पाएका तीव्रगतिका युवा बलर हेमन्त धामीले डेब्यु खेलमै डेब्यु विकेट लिएका छन् । उनले आफ्नो पहिलो स्पेलको दोस्रो ओभरमा क्यानडाका आरोन जोनसनलाई व्यक्तिगत चार रनको अवस्थामा देव खनालको हातबाट क्याच गराए । 

२.४ ओभरमा सात रनको अवस्थामा क्यानडाले पहिलो विकेट गुमाएको हो । तीन एकदिवसीय म्याचको शृंखला भने नेपालले २–१ ले जितिसकेको छ ।