१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
क्यानडाको विकेट लिएपछि खुसी मनाउँदै डेब्यु ब्वाय हेमन्त धामी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

डेब्युमै चम्किए हेमन्त, लिए तीन विकेट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५९:oo

डेब्यु ब्वाय हेमन्त धामीले सानदार बलिङ गर्दै व्यक्तिगत तेस्रो विकेट लिएका छन् । आठ ओभर बलिङ गरेका हेमन्तले ५० रन दिएर तीन विकेट लिएका हुन् । क्यानडाको आठौँ विकेट लिने क्रममा उनले डिलोन हेलिगेरलाई सिकार बनाए । 

त्यसअघि उनले २९ बलमा २५ रन बनाएका विकेटकिपर ब्याटर श्रेयश मोभालाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए । यस्तै, डेब्यु विकेट विकेट लिने क्रममा क्यानडाका ओपनर आरोन जोनसनलाई पेभेलियन पठाएका थिए ।

एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा क्यानडाले छैटौँ विकेट गुमाएको छ । टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई सफलता दिलाउने क्रममा हेमन्त धामीले क्यानडाको छैटौँ तथा व्यक्तिगत दोस्रो विकेट लिए ।

ad
ad