१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख ३० आइतबार १३:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

शृंखला ‘क्लिन स्विप’ गर्न नेपाललाई २३३ रनको लक्ष्य 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:१३:oo

नेपाल–क्यानडाबीचको एकदिवसीय बाइल्याट्रल सिरिज स्विप गर्न नेपालले दुई सय ३३ रनको लक्ष्य पाएको छ । तीन एकदिवसीय म्याचको शृंखला नेपालले २–० ले जितिसकेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएपछि नेपालले दुई सय ३३ रनको लक्ष्य पाएको हो ।

क्यानडाको ब्याटिङ इनिङ्समा नभनित धलिवालको एक मात्र अर्धशतक बन्यो । उनले ८२ बलमा पाँच चौकाको मद्दतमा ५० रन बनाए । अर्धशतक बनाउनेबित्तिकै उनी ललित राजभण्डारीको बलमा आकाश चन्दको हातबाट क्याचआउट भएका थिए । 

निखिल दत्तले ४५ र हर्ष थाकेरले २९ रनको योगदान दिए । भीम सार्कीबाट रनआउट हुनुअघि उनले एक छक्का र दुई चौका प्रहार गरिसकेका थिए ।

क्यानडालाई मध्यम योगफलमा रोक्ने क्रममा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका युवा बलर हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । 

क्यानडाका सर्वाधिक सफल ब्याटर धलिवाली आउट हुँदा २७औँ ओभरमा क्यानडाले एक सय एक रन बनाएको थियो । त्यसअघि ओपनर ओरोन जनसनलाई १० बलमा चार रन बनाउँदा डेब्यु गरिरहेका हेमन्त धामीले देव खनालबाट क्याचआउट गराएका थिए । श्रीमन्थ विजयेरात्नेले २२ रन बनाए । श्रीमन्थ र नभनितबीच दोस्रो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो । 

१२ बलमा तीन रन बनाए निकोलस किर्टनलाई कुशल मल्लले भीम सार्कीबाट क्याच गराएका हुन् । हर्ष थाकेरले ५७ बलमा दुई चौकासहित २९ बनाए । उनलाई कुशल मल्लले व्यक्तिगत दोस्रो विकेटको रूपमा एलबिडब्लू धरापमा पारे । 

मध्यक्रमका ब्याटर निखिल दत्त र श्रेयश मोभाले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गरेपछि क्यानडा प्रतिस्पर्धात्मक चुनौती निकाल्न सफल भएको थियो । ३६.५ औँ ओभरमा १३२–५ अवस्थाबाट दुई जोडीले क्यानडालाई ४५.४ ओभरसम्म १८६–६ मा पुर्‍याएका थिए । श्रेयशले २९ बलमा एक चौकासहित २५ रन बनाएका हुन् । 

छैटौँ नम्बर क्रिजमा पुगेका निखिल ६२ बलमा ४५ बनाएर रनआउट भए । दुई चौका र एक छक्का प्रहार गरेका निखिललाई भीम सार्की र विकेटकिपर अनिलकुमार शाहले रनआउट गराएका थिए । कप्तान साद बिन जफरले १५ बलमा तीन चौका र दुई छक्कासहित ३१ रनको योगदान गरेका थिए । 

हेमन्तले सर्वाधिक तीन विकेट लिँदा कुशल मल्लले दुई विकेट हात पारे । ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिएका हुन् । कुशल भुर्तेल र पवन सर्राफ विकेटविहीन भए । लगातार दुई खेलमा ६ विकेट लिएका कप्तान रोहितले तेस्रो खेलमा बलिङ गरेनन् । 

ad
ad