मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
गोपीनाथ मैनाली
२o८१ फाल्गुण २९ बिहीबार o७:१२:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सार्वभौम बन्दै अल्गोरिदम

मानव रहस्य बुुझ्ने र मानिसलाई एक–अर्काविरुद्ध उभ्याउने सामथ्र्य भएको अल्गोरिदमको प्रभुत्वबाट मानव समुदाय मुक्त हुने सम्भावना देखिन्न

Read Time : > 5 मिनेट
गोपीनाथ मैनाली
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार o७:१२:oo

युभल नोह हरारीले आफ्नो बहुचर्चित कृति ‘नेक्सस’मा सूचना र मानव सभ्यताबिचको सम्बन्ध चिरफार गरेका छन् । विचारोत्तेजक लेखमार्फत मानव सभ्यतामाथि चिन्ता र चिन्तन गर्ने हरारीले नेक्ससमा भने ढुुंगेयुुगदेखि एआईसम्म आइपुुग्दा पाँच प्रकारका सूचना क्रान्ति भएको उल्लेख गरेका छन् । प्रारम्भिक मानव समाजमा मौखिक परम्परा, गुफाचित्र र प्रतीकमार्फत मानिस आफ्ना भावना र कथा प्रसारण गर्थे । प्रविधि विकास नभएका समयमा बोली, चित्र या संकेत नै भावना, संवेग, आवेग बाँड्ने माध्यम थिए । यसको प्रसारण गति स्वाभाविक रूपमा ढिलो थियो । श्रुति र स्मृतिले सूचना सारलाई प्रभाव पाथ्र्यो । आवश्यकताले अक्षर र लिपिको विकास ग¥यो, यानिकि सूचना सम्बन्धमा दोस्रो क्रान्ति आयो । यसले सूचना संग्रह, संरक्षण एवं सम्प्रेषणमा युुगान्तकारी परिवर्तन ल्यायो । धार्मिक ग्रन्थ र शासनका विधि लेख्न थालियो । यस्ता ग्रन्थले मिथक र तिलस्मी कथामार्फत भय एवं त्रासका साथसाथै नीति र विधिलाई संस्थागत गर्न थाले । शासक र सम्भ्रान्तहरूले यसलाई उपयोग गर्न थाले । राम्रो–नराम्रो दुुवैतिर अर्थ राख्नु सूचनाको चरित्र हो । 

छापाखानाको आविष्कारले सूचना प्रसारलाई तीव्रता दियो, भण्डारणलाई सहज बनायो, सूचनाको पहुँच आमजनतामा पुुर्‍यायो । यो तेस्रो महान् जागरण ज्ञानोदयको समय थियो । त्यसपछि आमसञ्चारको युुग सुरु भयो । विचार निर्माण, प्रसारण, उपभोग निकै सजिलो भयो । मानव चेतनाको क्षितिज झनै फराकिलो भयो । बीसौँ शताब्दीमा विकास भएको रेडियो, टेलिभिजन र इन्टरनेटले सूचना निर्माण, साझाकरण र उपयोगको तरिकामा अर्को क्रान्ति ल्याए । यसले सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध संरचना नै बदलिदियो । सूचना विकासका पाँच घटना एकपछि अर्कोको प्रवेग र गतिशीलता बढ्दै आएको छ । एक्काइसौँ शताब्दीको सन् २०२५ मा आइपुग्दा यसको प्रवेग अनुमान गरेभन्दा तीव्र छ र अरू तीव्रतर हुने प्रवृत्तिमा निरन्तर छ । 

सूचना केवल सञ्चार होइन, मानव सम्बन्ध र समाज निर्माणको आधार हो । सूचना विचार, जानकारी र अभिव्यक्तिको माध्यमबाट सम्बन्ध र शक्तिको रणनीतिक माध्यम बन्दै छ । सूचना सञ्जालले सहभागिता, अवसर र ज्ञान प्राप्तिका अवरोध भत्काएको छ । सूचनाका कारण शक्ति, सम्बन्ध र संस्कृतिको आकार फेरिँदै गएको छ । सूचनाका कारण लोकतन्त्र संस्थागत हुने र अधिकनायकतन्त्र विकास हुने परस्परविपरीतको प्रक्रिया तीव्र छ । जस्तो कि वैदिक–उत्तरवैदिक, पौराणिक कालमा जातिप्रथा, लैंगिक अधीनस्थता, सम्भ्रान्त संस्कृति निर्माणमा श्रुति, स्मृति, गुरुकुल, उक्ति, मिथकहरूले खुबै योगदान पुर्‍याए । एडोल्फ हिटलर र जोसेफ गोएबल्सले नाजी नश्लमुखी शासनका लागि सूचनाशक्तिको दुरुपयोग गरे । हेनरी किसिन्जरले अमेरिकी प्रभुत्व विस्तारका लागि लिएको कूटनीतिमा पनि सूचनालाई उपयोग गरका थिए । सोह्रौँ शताब्दीदेखि युरोपले गरेको आर्थिक वृद्धि, आन्तरिक लोकतन्त्रको विकास र बाह्य औपनिवेशिक साम्राज्य निर्माण सूचना शक्तिकै बलमा भएको थियो । सूचनाको दुुई धार सुशासन र कुशासन, सभ्यता र विकृति, संस्कृति र विसंगति, निर्माण र ध्वंसजस्ता दिशामा रहन्छ । यसलाई उपयोग गर्ने पात्र र अभीष्टका आधारमा नै यसले आफ्नो अर्थवत्ता देखाउँछ । 

समस्या साझा गर्न र साझा समाधान खोज्न विकास भएको कृत्रिम बौद्धिकता साझा शत्रु बन्ने दिशामा प्रवृत्त हुँदा राजनीति भने बिन्दास मक्ख छ । आफैँ कसरी म्यानुुपुलेट भइरहेको छुु भन्ने बुुझ्ने क्षमताबाट पनि ऊ बाहिरिएको छ ।
 

एक्काइसौँ शताब्दी सूचना संस्कृतिको युुग भएकाले सूचनाको निर्माण, प्रसार र उपयोगले शासन र अर्थतन्त्रको आकार र आयतनलाई फेरिरहेको छ । सूचनाले उत्पादन, उपभोग, लगानीका क्षेत्र र विधिलाई विस्तार गरिरहेको छ । अवसरको केन्द्रीकरण पनि गरिरहेको छ । सोचाइका आयतन र स्वभावलाई पनि बदलिरहेको छ । सम्बन्धका संरचना बदलेको छ । नयाँ–नयाँ सहकार्यको अवसर सिर्जना गरेको छ, संघर्षको पृष्ठभूमि पनि तयार पारिरहेको छ । एकसाथ विनिर्माण र विनाशको आधार बनाइरहेको छ । यो शक्ति निर्माण र शक्ति संकुचनको कारक बनिरहेको छ । सूचनाले भौतिक सम्बन्ध सीमालाई भर्चुअल बनाइरहेको छ । सूचना शक्तिका कारण गुुगल, अमेजन, फेसबुक, युट्युब, अलिबाबाहरूले विश्व–अर्थव्यवस्था मात्र बदलिरहेका छैनन्, ती सार्वभौम शक्तिसमेत बन्दै छन् । यस्ता ग्लोबल जाइन्टहरू नियमन शक्तिभन्दा माथि छन्, अर्थतन्त्र र उत्पादन–उपभोगको मानक बनाइरहेका छन् ।

यिनीहरूले नजानिँदो गरी विश्व अर्थव्यवस्था, समाज व्यवस्था र संस्कृतिलाई आफ्नो पकडमा लगिरहेका छन् । यी अदृश्य शक्ति नीति मानकका सप्लायर बनेका छन् । समयमा सूचना संग्रहण र उपयोग गर्न नसक्दा अग्फा, कोडाकहरूले अस्तित्व गुमाइसके । सूचना शक्ति एकसाथ सम्बन्ध विकास र सम्बन्धको विभाजक हो । सूचना अवसरका कारण सामाजिक हार्दिकता र राष्ट्रिय विकास निर्माण भइरहेको छ । साथै, सिलिकन पर्दाका कारण सीमान्तीकरणमा जाकिँदै जानेको संख्या कम छैन । सूचना र प्रविधिले मानिसको दृष्टिकोण र सोचवृत्तिमा परिवर्तन आएको छ । मानिसहरू अन्तरिक्ष यात्रामा गए, मानिसले अरूका प्रगति र पीडाका कथा हेरे, देखे, सुनेपछि विषय र विचार फराकिएका छन् । ब्रह्मान्द होइन, विषयान्द, मिथक होइन, तथ्यबोध र यसैअनुरूपको कार्य सामथ्र्य विकास भएको छ । सूचनाका कारण राजनीतिक प्रभुत्ववाद, आर्थिक साम्रज्यवाद, सांस्कृतिक सम्भ्रान्तवादका साथै निमानवीकृत समाज निर्माण हुने खतराबाट मानव सभ्यतालाई कसरी मुक्त गर्ने भन्ने चुनौती प्रतिदिन थपिएको छ । मानव सिर्जित शक्तिले आफ्नै स्रष्टामाथि, मानव विवेकमाथि धाबा बोल्ने चुुनौतीका देखिने र नदेखिने आयाम विस्तार भएका छन् । 

हिजो सूचना शक्ति मानव साधन थियो, यस शताब्दीमा त्यो सीमाबाट सूचना सामथ्र्य माथि पुुगेको छ र मानव सामथ्र्यलाई सूचना नियमनको सामथ्र्यबाट बाहि¥याउन थालेको छ । कृत्रिम बौद्धिकतामा आधारित टुुल्सले ‘कन्टेन्ट’ मात्र प्रसार गर्दैन, स्वयं कन्टेन्ट निर्माण क्षमता पुुगेर आफ्ना उद्देश्यमा दुरुपयोग हुने सामथ्र्य राख्छ । अल्गोरिदमले मानव रहस्य बुुझ्न थाल्यो र मानिसलाई एक–अर्काविरुद्ध उभ्याउन थाल्यो । एआईले प्राकृतिक भाषालाई बुुझ्न र त्यसैका आधारमा प्रतिक्रिया दिन थालेपछि मानवीय कार्यविना धेरै काम हुन सक्ने भएको छ । मेसिन लर्निङ, डिप लर्निङ, रोबोटिक्स, आइओटीले अहिले नै उत्पात मचाइसक्यो । इलोन मस्कको न्युरो लिंक प्रविधिले मानिसको सोच्ने प्रणालीमा कृत्रिम आयाम थपिने क्रमसँगै त्योभन्दा बढी चुनौतीको चाङ पनि थपिनेछ । सन् पचासतिर पुुग्दानपुुग्दै मानव रहस्यका सबै सीमा भत्किनेछन्, मन–मष्तिष्क उदांगो बन्ने सम्भावना छ । मानव रहस्यका सबै सीमा भत्किएपछि, एक मानिसका मनका कुरा, क्रिया–प्रतिक्रिया अर्काले बुुझ्न थालेपछि त्यसको दुरुपयोगले हुने खतरा अनुमानभन्दा बाहिर हुनेछ । तर, अल्गोरिदमको प्रभुत्वबाट मानव समुदाय मुक्त हुने सम्भावना भने छैन । यसबारे त्यति सोचिएको पनि छैन । 

सूचना, शक्ति र सम्बन्धबिच रेखीय सम्बन्ध छ । व्यक्ति जति सूचना निर्माण, ग्रहण र उपयोग गर्छ, त्यति नै शक्तिशाली बन्छ । सूचना सत्य वा असत्य जे भए पनि शक्तिशाली हुन्छन् । एआईले मानव समाजलाई बदल्छ, कि समृद्धितर्फ वा सीमान्तीकरणमा । कता जाने भन्ने निर्धारण सूचनाधारीको सोच, सामथ्र्य र स्वभावले निर्धारण गर्छ । सूचनाको पकड जमाउने स्टिभ जब्स, सेफ बिजोस र बिल गेट्सहरूले विश्व समाजलाई एउटा लय दिएका थिए, अहिले इलोन मस्कले अत्यधिक पकड राख्दै छन्, दुरुपयोग पो होला कि भन्ने मनोत्रासमा छ विश्व । 

सूचना शक्ति वा अल्गोरिदमले मानव दैनिकीका सबै क्षेत्रमा प्रवेश पाइसक्यो । यसैमा रमाउने ‘जेन जी’ र ‘अल्फा जेन’ पुस्ता एआई टुल्सले आफूहरूको जागिर खाइदिएकोमा दिक्दार छ भने ‘गामा जेन’ कति छटपटाइमा पुुग्ला ? यी पुस्ता विनागल्तीको सजाय भोग्न विवश हुँदै छन् । उनीहरूको गल्ती भनेको एआईभन्दा अघि बढेर क्षमता विकास नगर्नुमा छ । अहिले नै एआईले वित्तीय तथा सार्वजनिक सेवा प्रवाहको क्षेत्र लिइसक्यो । वाट्सनले स्वास्थ्य सेवा खोसिसक्यो । एआईले ठुला डाटाबेस विश्लेषण गरेर कानुनी सेवा दिइरहेको छ ।

शिक्षा, प्रशिक्षण, यातायात परिवहनलगायत श्वेतपोसी सेवा खोसिसक्यो । गीत–सङ्गीत खोस्यो, कथा, कविता खोस्यो । युद्ध–कारखानाजस्ता जोखिमका काम त पहिल्यै खोसिसकेको थियो । प्रमुख रोजगारदाताको रोजाइमा एआई पर्न थालेपछि संस्थाहरूको ब्युरोक्रेसी नै अल्गोरिदम बन्दै छ । बहुराष्ट्रिय कम्पनीहरू कर्मचारी कटौतीको अभियानमा छन् । सूचना प्रविधिकै जागिर एआईबाट विस्थापित हुँदै छ । अति उच्च सीपका कामदार पनि निरन्तर सीपबाट अद्यावधिक नभए गतावधिक बन्नेछन् । त्यति मात्र होइन, यसले वैयक्तिक प्रज्ञा, सिर्जनशीलता र कलालाई कब्जामा लिएर आफैँ कवि, स्रष्टा र कलाकार बन्दै छ । ‘युुल्या’ले साहित्यको पुरस्कार जितेपछि नोबेल पुरस्कार पनि यस्तै रोबोटिकले जित्ला भन्ने भयले स्रष्टाहरू हड्तालमा उत्रिएका थिए । स्क्रिप्ट लेखन र अभिनयको काम पनि एआईले लिन थालेपछि हलिउड कलाकार आन्दोलित भए । कलकारहरूको संस्था राइटर्स गिल्स अफ अमेरिकाले हडताल नै आयोजना ग¥यो । आफ्नै सिर्जनाविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थाले थुप्रै प्रश्न उब्जाएको छ । 

मतमार्फत सम्प्रभु शक्ति आफूले प्रयोग गरेर रमाएको राजनीतिलाई एआईले सबैभन्दा झुटो साबित गर्दै छ । इन्डोनेसियाको राष्ट्रपति चुनावमा पटक–पटक हारेका प्रोवोओ सुविआन्ताको विजयको कारण जेनेरेटिभ एआई जिमोई (क्युट अनुहारको कार्टुन) मार्फत भएको चुनावी अभियान थियो । भारतको चुनावमा भासिनी एपले रियल टायम ल्याङ्वेज ट्रान्सलेसन गरेर मतदातालाई मुुग्ध बनाएको थियो । पाकिस्तानको चुनावमा एआई च्याटबटका कारण इमरान खानको पाकिस्तान तेहरिक ए इन्साफ समर्थित उम्मेदवारले अत्यधिक मत पाएका थिए ।

इमरानलाई जनतासम्म पुुग्न सैनिक तानाशाहीले रोक्न सकेन । एआई एपको दुरुपयोगमा डिपफेकजस्ता विधि कैयन गुणा बढेका छन् । अमेरिकी राष्ट्रपति चुनावको प्राइमरीदेखि नै रोबोकलले उधुम मच्चाएको थियो । हिजो पैसाले चुनावमा प्रभाव पाथ्र्यो, तर केही राम्रा राजनेता व्यक्तित्व र योगदानका कारण सुरक्षित थिए । तर, अब प्रविधिले चुनाव जित्छ, प्रविधिले नीति एजेन्डालाई कब्जा गर्छ र प्रविधिले नै शासन र अर्थतन्त्र कब्जा गर्दै छ । अर्को अर्थमा प्रविधिले सार्वभौम शक्तिको वरण गर्दै छ । समस्या साझा गर्न र साझा समाधान खोज्न विकास भएको कृत्रिम बौद्धिकता साझा शत्रु बन्ने दिशामा प्रवृत्त हुँदा राजनीति भने बिन्दास मक्ख छ । आफैँ कसरी म्यानुुपुलेट भइरहेको छुु भन्ने बुुझ्ने क्षमताबाट पनि ऊ बाहिरिएको छ । 

(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)