मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २६ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २६ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आइटी सप्लायर्समा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २६ शुक्रबार ११:१५:oo

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आइटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्स र आइटी सप्लायर्सबीच छुट दिनेबारे सम्झौता भएको बताइएको छ । यो छुटको अवधि एक वर्षसम्म रहने कम्पनीले जनाएको छ । 

ग्राहकले आइटी सप्लायर्समा मर्मत–सम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आइटीसम्बन्धी वस्तु खरिद गर्दा १ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा प्रदान गर्दै आइरहेको छ ।