१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ २३ मंगलबार १०:३७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ २३ मंगलबार १०:३७:००

- एक हजारदेखि एक हजार दुई सय किलोमिटरसम्म गुडिसकेपछि बाइकको मोबिल फेर्नुपर्छ । लामो समयसम्म मोबिल नफेर्दा इन्जिनमा समस्या आउन सक्छ । गुणस्तरीय मोबिल छनोट गरेर हाल्नुपर्छ ।

त्यस्तै, बाइक सर्भिसिङ गर्दा एयर फिल्टर जाँच गर्नुपर्छ । कडाखाले एयर फिल्टरलाई सर्भिसिङ गर्दा परिवर्तन गर्नुपर्छ । फोम एयर फिल्टरलाई सफा गर्न सकिन्छ । तर, धेरै फोहोर भइसकेको छ भने यसलाई पनि परिवर्तन गर्नुपर्छ । 

- सर्भिसिङका क्रममा कार्बोरेटर पनि जाँच गरिन्छ । कार्बोरेटरले इन्जिनलाई आवश्यकताअनुसार हावा र इन्धन पुर्‍याउने काम गर्छ । मोटरसाइकल गुड्नका लागि यसले इन्जिनलाई शक्ति दिन्छ । 

- ब्रेकको जाँचमा ध्यान दिन जरुरी छ । डिस्कब्रेकवाला मोटरसाइकलमा ब्रेक आयल पनि चेक गर्नुपर्छ । इन्जिनको पावरलाई पछाडिको पांग्रासम्म पुर्‍याउने काम चेनले गर्छ । त्यसैले यसलाई सफा राख्नुपर्छ । सफा गरेपछि यसमा हल्का ग्रिज लगाउनुपर्छ । 

- सर्भिसिङका क्रममा फ्युलपाइप पनि चेक गरिन्छ । फ्युलपाइप जाम भएको वा प्वाल परेको भए फेर्नुपर्छ । फ्युल लाइनमा अवरोध हुँदा इन्धन चुहिने, इन्धन सर्कुलरमा असर पुगेर स्टार्ट नहुने, बीचबीचमा बाइक बन्द हुनेलगायत समस्या देखिन्छन् । 

- टायरको एयर प्रेसर जाँच गर्नुपर्छ । हावा कम वा धेरै हुँदा पनि बाइकको माइलेजमा असर गर्छ । एयर प्रेसरलाई समय–समयमा जाँच गरिराख्नुपर्छ ।